युनाइटेड रेफरेन्स ल्याबको १२औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर

Share:

पोखरा। गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याबोरेटरीका रूपमा परिचित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल) ले आफ्नो १२औँ वार्षिकोत्सव को अवसरमा पोखराको हस्पिटलचोक मा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर आयोजना गरेको छ। शनिबार सम्पन्न शिविरमा २०५ जनाले ल्याब परीक्षण र ५२ जनाले दन्त परीक्षण सेवा लिएका छन्। यूआरएलका मार्केटिङ डाइरेक्टर मणि न्यौपाने का अनुसार सहभागीहरूको थाइराइड र मधुमेह (सुगर) सम्बन्धी परीक्षण निःशुल्क गरिएको थियो।

वि.सं. २०६८ साल मंसिर २३ गते स्थापना भएको यूआरएलले वार्षिकोत्सवको अवसर पारेर मंसिर १५ गतेदेखि मंसिरभर विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पनि उपलब्ध गराउँदै आएको छ। कार्यक्रममा बोल्दै यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ ले वार्षिकोत्सवलाई केवल उत्सवमा सीमित नराखी स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै गुणस्तरीय सेवा सर्वसाधारणसम्म पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए।

उनले यूआरएलले स्थापना कालदेखि नै विभिन्न संघ-संस्थासँग सहकार्य गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिए। हालसम्म आयोजित २१२ वटा शिविरबाट २ लाख १५ हजारभन्दा बढी नागरिकले निःशुल्क सेवा पाइसकेको उनले उल्लेख गरे।

शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान का कन्सल्टेन्ट फिजिसियन डा. कृष्णराज अधिकारी ले शारीरिक व्यायामको कमी र अस्वस्थ खानपानका कारण मधुमेहको जोखिम बढ्दै गएको बताए। थाइराइडका कारण महिनावारी गडबडी, मोटोपन बढ्ने जस्ता समस्या देखिन सक्ने उल्लेख गर्दै उनले वंशानुगत कारणले पनि मधुमेह हुन सक्ने बताए।

डा. अधिकारीले नियमित व्यायाम, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाएमा यस्ता रोगबाट बच्न सकिने स्पष्ट पार्दै वर्षमा कम्तीमा एकपटक सम्पूर्ण शरीर जाँच (Whole Body Checkup) गर्न सुझाव दिए। “यसले रोग प्रारम्भिक चरणमै पत्ता लगाउन र समयमै उपचार गर्न सहयोग पुर्‍याउँछ,” उनले भने।

कपडा व्यवसायीलाई यूआरएलमा ३० प्रतिशत छुट

यसैबीच, कपडा व्यवसायी एसोसिएसन कास्की मा आबद्ध व्यवसायीहरूले यूआरएलको पोखरा-८, न्यूरोडस्थित प्रधान कार्यालय तथा शाखाहरू बाट ३० प्रतिशत छुट पाउने भएका छन्। यो सुविधा एसोसिएसनका सदस्य व्यवसायी तथा उनीहरूका परिवारका सदस्य (आमाबुवा, श्रीमान्श्री-मती, छोराछोरी र सास–ससुरा) लाई लागू हुने जनाइएको छ।

उक्त सम्झौता २०८२ पुस १ गतेदेखि २०८५ मंसिर मसान्तसम्म (३ वर्ष) का लागि लागू हुनेछ। सम्झौतामा आइतबार यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ र एसोसिएसनका अध्यक्ष लेखनाथ पौडेल ले हस्ताक्षर गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: