
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भरतपुर हुँदै भैरहवा जाने भएका छन्। भैरहवाको मौसम नखुलेपछि जहाजमार्फत भरतपुरसम्म गएर त्यहाँबाट गाडीमा जाने भएका हुन्।
रास्वपा नेता राजीव खत्रीले बिहान ७:५५ बजेदेखि भैरहवाको लागि उडान पर्खिएका लामिछाने अब भरतपुर हुँदै भैरहवा पुग्ने याेजना बनेको बताए।
सहकारीकाे बचत रकम अपचलन गरेकाे आरापेमा थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बिहीबार दिएकाे आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी छाड्न लागिएकाे हाे।
लामिछानेको भागमा परेको बिगो बापतको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत प्रमाणीकरण र सनाखत गर्नुपर्ने भएकाले उनलाई रुपन्देही लैजान लागिएको हो।
कमेन्ट गर्नुहोस्
