राधाकृष्ण मन्दिर शान्ति आश्रमको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

Share:

पोखरा । पोखरा महानगरपालिका-३२ श्यामघाटस्थित श्री राधाकृष्ण मन्दिर शान्ति आश्रम लामेआहालको ३३ औँ साधारणसभा तथा आठौँ अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। अधिवेशनबाट आश्रमको सह-अध्यक्षमा रामचन्द्र सिग्देल, उपाध्यक्षमा बिमलाकुमारी थापा बस्नेत, सचिवमा भुलाप्रसाद भण्डारी, सह-सचिवमा भगवती पन्थ र कोषाध्यक्षमा मोहनराज बराल निर्वाचित भएका छन् ।

त्यसैगरी समितिका सदस्यहरूमा चुडामणि वाग्ले, दामोदर पौडेल, मोहनकुमार प्रधान, गुरुप्रसाद पौडेल, ज्योतिप्रकाश तिमिल्सिना र माधवशरण लामिछाने निर्वाचित भएका छन् । आश्रमको विधानअनुसार समितिको अध्यक्ष पीठाधिश रहने व्यवस्था रहेको छ। हाल मुकुन्दशरण उपाध्याय पीठाधिशका रूपमा रहेका छन् । १५ सदस्यीय समिति रहने व्यवस्थाअनुसार तीन जना सदस्य पीठाधिशबाट मनोनयन गरिने जनाइएको छ। साथै राधाकृष्ण गुरुकुल र राधाकृष्ण वृद्धाश्रमका अध्यक्षहरू पदेन सदस्य रहनेछन्।

अधिवेशन सम्पन्न गर्न खेमराज अधिकारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। समितिका सदस्यहरूमा विश्वराज लामिछाने र कृष्णप्रसाद पाण्डे रहेका थिए। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले यस क्षेत्रको समग्र विकासका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए।

कार्यक्रमका अध्यक्ष एवं आश्रमका पीठाधिश मुकुन्दशरण उपाध्यायले धेरै संघर्षपछि संस्था स्थापना भएको स्मरण गर्दै यसको विकास र समुन्नतिका लागि सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए।

अधिवेशन समितिका अध्यक्ष मुकुन्दशरण उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव घनश्याम खनालले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा माधवशरण उपाध्यायले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सह-अध्यक्ष गणेशबहादुर खत्री, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका अध्यक्ष नगेन्द्र रेग्मी, ठाकुरप्रसाद वाग्ले, विश्वराज लामिछाने, हरिप्रसाद खनाल, तुलसीशरण उपाध्याय लगायत वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: