पोखरा-३२ मा नविन टोल विकास संस्था र नविन आमा समूहको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं.३२ मा क्रियाशील नविन टोल विकास संस्था र नविन आमा समूहको संयुक्त साधारणसभा तथा अधिवेशन शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ।

संयुक्त रूपमा आयोजित कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले गरेका थिए । उद्घाटन समारोहमा वडाध्यक्ष कार्कीले टोलको समग्र विकासका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तह, संघसंस्था र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए।

अधिवेशनबाट नविन टोल विकास संस्थाको अध्यक्षमा गोपालप्रसाद वाग्लेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।

कार्यसमितिको उपाध्यक्षमा राधा मिश्र, सचिवमा मोहनराज बराल, सहसचिवमा इश्वरप्रसाद ढकाल र कोषाध्यक्षमा सरस्वती ढकाल चयन भएका छन्। सदस्यहरूमा हरिप्रसाद वाग्ले, विन्दु वाग्ले र संगीता ढकाल रहेका थिए ।

त्यस्तै संस्थाको सल्लाहकारमा संस्थापक अध्यक्ष मुकुन्द घिमिरे, निवर्तमान अध्यक्ष पुष्पराज पौडेल र वासुदेव पौडेल चयन भएका छन् ।

यसैगरी नविन आमा समूहको अध्यक्षमा विनिता पण्डित घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। उपाध्यक्षमा गीता तिवारी, सचिवमा शारदादेवी बराल, सहसचिवमा लक्ष्मी पन्थी र कोषाध्यक्षमा जमुना भट्टराई चयन भएका छन्। सदस्यहरूमा सीमा वाग्ले, माधवी सुवेदी, प्रकृति वाग्ले, अञ्जना पौडेल, शान्ति पौडेल र जीवनसरिता घिमिरे रहेका छन्।

अधिवेशनका लागि वासुदेव पौडेलको संयोजकत्वमा हरिप्रसाद वाग्ले र सरिता खनाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

यसअघि सम्पन्न उद्घाटन समारोह नविन टोल विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेल र नविन आमा समूहकी अध्यक्ष विनिता पण्डित घिमिरेको संयुक्त अध्यक्षतामा भएको थियो। कार्यक्रमको सञ्चालन नविन आमा समूहकी कोषाध्यक्ष जमुना भट्टराईले गरेकी थिइन् ।

उक्त अवसरमा नविन टोल विकास संस्थाका सचिव मोहनराज बरालले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सरस्वती पराजुली ढकालले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।

त्यसैगरी नविन आमा समूहकी सचिव शारदादेवी बरालले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष जमुना भट्टराई ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्।

निर्वाचित दुवै संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन संयोजक वासुदेव पौडेल तथा सदस्यद्वय हरिप्रसाद वाग्ले र सरिता खनालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: