
पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको छैठौं अधिवेशन आइतबार पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनले सन्तोष बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह-सचिवमा सिद्धार्थ गौतम तथा कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा प्रेम थापा, विनीता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनले संघको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा आशिष पुरी र मिलन थापालाई चयन गरेको संघले जनाएको छ ।
सबै पदहरूमा सर्वसम्मत सहमति जुट्नुले संघभित्रको एकता र सहकार्यको भावना झल्किएको सहभागीहरूले बताएका छन् ।
नयाँ नेतृत्वले चलचित्र पत्रकारिताको व्यावसायिक विकास र संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ ।
