
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन्। आइतबार बिहान करिब ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग ७ बुँदे सहमति भएपछि बालेनले मेयर पद छोड्ने निर्णय लिएको महानगर स्रोतले जनाएको छ।
स्रोतका अनुसार महानगरपालिकाभित्रका सबै प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा गरेर बालेनले माघ ६ गतेसम्म राजीनामा दिने तयारी गरेका हुन्। सहमतिअनुसार आगामी निर्वाचनपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनेछन्।
प्रधानमन्त्रीको उम्मेदवार बन्नका लागि उनी संघीय संसद् सदस्य बन्नुपर्ने भएकाले बालेनको यो निर्णयलाई स्थानीय राजनीतिबाट राष्ट्रिय राजनीतितर्फको ठूलो कदमका रूपमा हेरिएको छ। यस घटनाक्रमले काठमाडौंको स्थानीय राजनीति मात्र होइन, राष्ट्रिय राजनीतिक वृत्तमा समेत तरंग ल्याएको छ।
