पोखरामा २७ औँ सडक महोत्सव आजदेखि सुरु : ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’

Share:

पर्यटकीय राजधानी पोखरामा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेवानको आयोजनामा २७ औँ संस्करणको सडक महोत्सव सुरु भएको छ। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिएको महोत्सव “सडककै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ” भन्ने नाराका साथ शुभारम्भ भएको हो।

महोत्सव पौष १७ गतेसम्म लेकसाइडको करिब ३ किलोमिटर लामो सडक क्षेत्रमा जारी रहनेछ। यस अवधिमा विभिन्न रेस्टुरेन्ट, बार र सांगीतिक कार्यक्रमले आगन्तुकलाई रमाइलो अनुभव प्रदान गर्ने आयोजकहरूले जानकारी दिएका छन्।

पोखरामा पर्यटनको आकर्षण बढाउने उद्देश्यले आयोजित यो महोत्सव स्थानीय र विदेशी पर्यटकबीच विशेष रुचि पाइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: