
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी केन्द्रीय समिति बैठक बोलाएका छन्।
आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय वनस्थलीमा भोलि बस्ने गरी बैठक बोलाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण गर्ने विषयमा छलफल हुने बताए।
रास्वपाले हालै काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गरेको थियो।
कमेन्ट गर्नुहोस्
