
काठमाडौं । हाल (सोमबार बिहान) तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो तथा राति पनि हुस्सु/कुहिरो लाग्ने क्रम जारी रहने भएकाले सतर्कता अपनाउन तराईवासीलाई मौसम महाशाखाले सुझाव दिएको छ।
मौसम महाशाखाले सोमबार बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात सम्भावना साथै तराई भूभागमा हुस्सु/कुहिरोको समेत सम्भावना रहेकाले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।
कमेन्ट गर्नुहोस्
