
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने बताएका छन् ।
बिहीबार चितवनमा आयोजित सदस्य भेटघाट कार्यक्रममा लामिछानेले राजनीतिक प्रतिशोध लिएर अदालतको ढोकामा लगेर मुद्दा दर्ता गरेर संसदबाट सूचना टाँस गरेर फाल्दिने राजनीति रास्वपाले नगर्ने बताए ।
उनले अहिले चूनावको बिकल्प चूनाव नै रहेको भन्दै बन्द कोठामा बसेर निर्वाचन बिथोल्ने प्रयास नगर्न समेत चेतावनी दिए ।
बेथितिको अध्यायलाई अन्त्य गर्ने सवैभन्दा उत्तम माध्यम आगामी निर्वाचन नै भएको उनको दाबी थियो। लामिछानेले सामथ्र्य पुराएर देश लुट्नेहरुलाई विधि र प्रक्रियाको दायरामा ल्याउन रास्वपाले खुट्टा नकमाउने उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
