
काठमाडौं। नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि पार्टीभित्र पहल थालिएको छ। जारी विशेष महाधिवेशसँगै उत्पन्न संकट समाधानको प्रयासस्वरूप विशेष महाधिवेशन पक्षधरको तर्फबाट सभापति शेरबहादुर देउवा समूहसँग औपचारिक वार्ता गर्न चार सदस्यीय समिति गठन गरिएको छ।
समितिमा प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे रहेको एक नेताले बताए । त्यसैगरी, देउवा समूहको तर्फबाट स्वयम् सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का वार्तामा सहभागी हुने तय भएको छ।
दुवै पक्षबीच छिट्टै वार्ता गरेर सहमतिको बिन्दु खोज्ने र पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने प्रयास गरिने जनाइएको छ।
कमेन्ट गर्नुहोस्
