
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित भएका छन् । सोमबार सम्पन्न संघको २०औँ साधारणसभा तथा निर्वाचनबाट पौडेल आगामी दुई वर्षका लागि अध्यक्षमा चयन भएका हुन् ।
सोमबार राति सम्पन्न मतगणनाअनुसार पौडेलले ३४१ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी दीपकराज भुसालले २४९ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा पौडेल र भुसाल आ-आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
निर्वाचन परिणामअनुसार प्रथम उपाध्यक्षमा बासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल र तृतीय उपाध्यक्षमा गीता शिवाकोटी विजयी भएका छन् । दाहाल र शिवाकोटी एन्ड्रयु समूहबाट निर्वाचित भएका हुन् भने पोखरेल भुसाल समूहका उम्मेदवार थिए ।
महासचिव पदमा भुसाल समूहका भवनाथ हुमागाई निर्वाचित भएका छन् । त्यस्तै, दुई सहसचिवमा सुरज सिलवाल र आशिक कार्की विजयी भएका छन् । उनीहरू दुवै जना भुसाल प्यानलबाट निर्वाचित भएका हुन् ।
कोषाध्यक्षमा एन्ड्रयु प्यानलकी साधना पुडासैनी निर्वाचित हुँदा सह-कोषाध्यक्षमा भुसाल प्यानलका गोविन्द खनाल विजयी भएका छन् ।
सदस्य पदमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल र कमलप्रसाद तिमल्सिना निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले शैक्षिक परामर्श क्षेत्रको व्यावसायिक मर्यादा, गुणस्तर अभिवृद्धि र अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यसँगको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
यस्तो छ नतिजा :


