
रुपन्देही, कात्तिक ४ –
रुपन्देहीको बेलहिया नाकाको अवरोध हटेको छ । आफ्ना दुई जना नागरिक कुटिएको विरोधमा भारतीय पक्षले बुधबार विहान देखि बेलहिया नाका ठप्प बनाएको थियो ।
कुटपिटमा संलग्न युवालाई कारवाही गर्ने सहमती भएपछि नाका केहि खुकुलो भएको हो । नाकामा अवरोध हुँदा भारतबाट नेपाल आउने पैदल यात्री बाहेक सवारी साधन ठप्प भएका थिए । दुवै पक्षका युवाबिच हुनसक्ने सम्भावित झडपलाई ध्यान दिएर बेलहियामा सुरक्षा अवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्
