
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राजीनामा दिएका छन्। उनले आज(आइतबार) राजीनामा दिएका हुन्।
शाहले महानगरपालिकाका प्रमुख उपप्रमुखसमक्ष राजीनामा पत्र बुझाएको महानगरपालिकाका सहायक प्रवक्ता ध्रुब कुमार काफ्लेले जानकारी दिए।
वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका उनी नेकपा एमालेका अध्यक्ष एवं पूवप्रधानमन्त्रीको निर्वाचन क्षेत्र ‘झापा क्षेत्र नम्बर ५’ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन्। त्यसका लागि रास्वपाले झापामा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ।
कमेन्ट गर्नुहोस्
