सबैभन्दा बढी उम्मेदवारी दर्ता रुपन्देहीमा, कम कहाँ ?

Share:

पोखरा । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी पर्ने क्षेत्र रुपन्देही २ र ३ रहेका छन् ।

निर्वाचन आयोगका अनुसार मंगलबार साढे पाँच बजेसम्मको तथ्याङ्क अनुसार १६५ क्षेत्रमध्ये रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ र ३ मा क्रमशः ३५ र ३५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यसमध्ये रुपन्देही २ मा रुजु हुन बाँकी नै रहेको र ३ मा ३४ वटा उम्मेदवारी रुजु भइसकेको आयोगले जनाएको छ ।

त्यस्तै सबैभन्दा कम उम्मेदवारी मुस्ताङ परेको छ । त्यहाँ ४ र मनाङमा ५ जनाको उम्मेदवारी परेको आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: