सहमतिमा राष्ट्रपति चयन गर्न भोलीसम्मको समय, सहमति नभए ११ गते चुनाव

257
0
Share:

काठमाडौं, कात्तिक ७ –

 व्यवस्थापिका– संसदले सहमतीका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न भोलि दिउँसो ४  बजेसम्मको समय दिएको छ । संसदको आजको बैठकले सहमतीका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि भोलिसम्मको समय दिएको हो ।  सभामुख ओनसरी घर्तीले सहमतीका लागि दिइएको समयभित्र सहमती नभए राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव कात्तिक ११ गते बुधबार हुने जानकारी दिनुभयो ।  बुधबार ११ बजे बस्ने संसद बैठकमा चुनाव हुनेछ ।  राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि दलहरु गृहकार्यमा जुटेपनि उम्मेदवारबारे अझै टुंगो लागिसकेको छैन । यसअघि कांग्रेसले प्रधानमन्त्रीको चुनावमा सहमति तोडेको भन्दै एमाले र एकीकृत माओवादीले सत्तारुढ गठबन्धनबाटै राष्ट्रपति बनाउने तयारी गरेका छन् ।   कांग्रेसलाई राष्ट्रपति दिनेबारे पनि सत्तारुढ दलहरुभित्र छलफल भैरहेको छ । सत्ता गठबन्धबाट राष्ट्रपतिमा एमाले वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारी, निवर्तमान सभामुख सुवासचन्द्र नेम्वाङको चर्चा छ ।

कमेन्ट गर्नुहोस्
Share: