छैटौं बिग आइकनको ट्राभल्स पार्टनरमा ‘जिरो पोइन्ट ट्राभल्स एण्ड टुर्स’

Share:

बिग न्युज, कात्तिक १० । चर्चित गायन रियालिटि शो ‘बिग आईकन’को छैटौँ संस्करणमा ट्राभल्स पार्टनरको रुपमा जिरो पोइन्ट ट्राभल्स एण्ड टुर्स आबद्ध भएको छ । मंगलबार पृथ्वीचोक स्थित जिरो पोइन्ट ट्राभल्स एण्ड टुर्सको कार्यलयमा बिग एफएमका अध्यक्ष महेश भण्डारी र संस्थाका प्रबन्ध निर्देशक चेतन कार्की बिच सहमती पत्रमा हस्ताक्षर भएको हो ।

बिग आइकनको राष्ट्रिय एवम् अन्तराष्ट्रिय क्रेज बढेको देखेरे यस पटकको बिग आइकनमा ट्राभल पार्टनरको रुपमा आवद्ध भएको संस्थाका प्रबन्ध निर्देशक चेतन कार्कीले बताए । साथै आगामी दिनहरुमा पनि बिग एफएम सँगको सहकार्य निरन्तर जारी रहने उनको भनाइ थियो ।

स्थापना भएको छाटो समयमा नै आफुलाइ स्थापित गराइसकेको जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्सले इन्टरनेसनल तथा डोमेस्टीक इएर टिकेटीङको काम गर्दै आएको छ । ट्राभल्स एण्ड टुर्स एवम् इन्टरनेसनल टिकेटीङको क्षेत्रमा १४ वर्ष भन्दा ज्यादा अनुभव हाँसिल गरेका प्रबन्ध निर्देशक कार्कीले संचालन गरेको जिरो पोइन्ट ट्राभल्स एण्ड टुर्स अन्य ट्राभल्स एण्ड टुर्सभन्दा फरक सेवा र सुविधा दिँदै अगाडि बढिरहेको छ । सो ट्राभल्स एण्ड टुर्स गत वर्ष बिग एफ एमले संचालन गरेको महाआजिजाको स्पोन्सर पनि रहेको थियो ।

छैटौं संस्करणको बिग आईकनमा टाईटल सहित विभिन्न स्पोन्सर आबद्ध भईसकेका छन् । सामसुङ मोबाईलले लगातार चौथो पटक टाईटल स्पोन्सर गरेपछि यो वर्ष ‘छैटौं सामसुङ मोबाईल बिग आईकन २०१५’ शीर्षकमा कार्यक्रम चल्नेछ । यस्तै, सबटाईटल स्पोन्सरमा फेरि पनि कान्साई नेरोल्याक पेन्ट्स नेपालले सहकार्य गरेको छ । प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथलीले सहकार्य गर्दा को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी जोडिएको छ । यस्तै टेलिभिजन पार्टनरमा एभिन्युज टेलिभिजने छ भने होटल पार्टनरको रुपमा होटल बाराही लेकसाइड रहेको छ ।

यतिबेला गायन रियालिटि शो बिग आईकनको लागि आवेदन फाराम खुल्ला छ । गायन प्रतिभाहरुका लागि आवेदन फाराम निःशुल्क भर्ने व्यवस्था गरिएको एफएमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: