सुदूरपश्चिमपछि बालेनको चुनावी यात्रा कर्णालीमा

Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी यात्राका क्रममा कर्णाली पुगेका छन्।

सुदूरपश्चिमको यात्रा सकेर शाह शुक्रबार साँझ कर्णाली प्रदेशको कालिकोट पुगेका छन्। उनलाई स्वागत गर्न कालिकोटको मान्मामा रास्वपाका कार्यकर्तासँगै सर्वधारणको घुइँचो लागेको थियो।

उनी आछामको कमलबजारबाट कालिकोटको मान्मा पुगेका हुन्। यसअघि उनी तीन दिन सुदूरपश्चिममा चुनावी यात्रामा रहेका थिए।

कमेन्ट गर्नुहोस्
Share: