एनपिजेए कास्कीको ‘फोटो पत्रकार अक्षयकोष’ मा १५ हजार सहयोग

Share:

पोखरा। नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरिरहेको ‘फोटो पत्रकार अक्षयकोष’मा सहारा क्लब हङकङ (हबकब) का अध्यक्ष सरोज गुरुङ (खम) ले रु १५ हजार आर्थिक सहयोग गरेका छन्।

लमजुङमा जन्मिएर हङकङलाई कर्मथलो बनाएका गुरुङले सहारा क्लब पोखराद्वारा आयोजित आहा! रारा पोखरा गोल्डकपमा सहभागी हुने क्रममा उक्त सहयोग हस्तान्तरण गरेका हुन्। शुक्रबार आयोजित कार्यक्रममा उनले एनपिजेए कास्कीका सचिव धनबहादुर गुरुङलाई नगद रकम प्रदान गरे।

लमजुङ सेवा समिति हङकङका निवर्तमान अध्यक्षसमेत रहेका गुरुङ गोल्डकपका अवसरमा नेपाल आएका हुन्। नेपाल भ्रमणकै क्रममा उनले विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय सहभागिता जनाइरहेका छन्।

सहयोग ग्रहणपछि एनपिजेए कास्कीका सचिव गुरुङले अक्षयकोषमा योगदान गर्ने दाताप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले कोषको लक्ष्य प्राप्तिमा महत्त्वपूर्ण टेवा पुग्ने बताए। उनका अनुसार संकलित रकम फोटो पत्रकारहरूको वृत्तिविकास तथा क्षमता अभिवृद्धिका कार्यक्रममा खर्च गरिनेछ।

‘फोटो पत्रकार अक्षयकोष’मा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी तथा संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको संघले जनाएको छ। यसअघि सामाजिक अभियन्ता सरिता गुरुङले रु १५ हजार, नागरिक अभियन्ता रामबहादुर पौडेलले रु १० हजार, चलचित्र निर्माता तथा अभिनेत्री माया गुरुङले रु ११ हजार १११, सल्लाहकार रमेश पौडेलले रु ५ हजार, अध्यक्ष राम गुरुङले रु १० हजार र सदस्य सञ्जय शाक्यले रु १० हजार सहयोग गरिसकेका छन्।

फोटो पत्रकारहरूको पेशागत सुदृढीकरण र दीर्घकालीन सहयोगको उद्देश्यले स्थापना गरिएको अक्षयकोषलाई निरन्तर सहयोग जुट्दै जाँदा संघ उत्साहित बनेको छ।

कमेन्ट गर्नुहोस्
Share: