पोखरा जेसीजको शुभकामना आदानप्रदान तथा नयाँ सदस्यलाई स्वागत

440
0
Share:

रञ्जन अधिकारी पोखरा, २३ कार्तिक / पोखरा जेसीजले सोमबार एक कार्यक्रमको आयोजना गरी सदस्यहरुबीच नेपालीका महान चाडहरु दिपावली, छठ पर्व तथा नेपाल सम्वत्का अवसरमा शुभकामना आदानप्रदान तथा स्थायी अनुमति प्राप्त नयाँ सदस्यहरुलाई स्वागत गरेको छ ।

कार्यक्रममा बोल्दै पोखरा जेसीजका पूर्व अध्यक्ष ईश्वरप्रसाद कर्माचार्यले जेसीजको सिद्धान्तलाई आत्मसात् गर्दै यसको छवि उँचो बनाउनुपर्नेमा जोड दिए । ‘जेसीजले हामी चिनाउने होईन, हाम्रो व्यक्तित्वले जेसीज चिनाउने हो ।’ उनले भने– ‘युवाको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापित जेसीजको मर्म बुझेर अघि बढ्न आग्रह गर्दछु ।’ उनले पोखरा जेसीजको हितमा राजनीति, गुटबन्दी, चतु¥याईं गर्दा आपत्ति नभएपनि संस्थाको प्रतिकुलतामा लाग्नेलाई कुनै छुट नभएको बताए ।

यस्तै, पूर्व अध्यक्ष दयाराम गौतमले टीम र्वकले नै सफलतामा पुग्ने भएकाले नेतृत्वले यस तर्फ ध्यान दिन आग्रह गर्दै पोखरा जेसीजको ईज्जत र प्रतिष्ठालाई जोगाउन सके मात्र गौरव गर्न सकिने बताए । पूर्व अध्यक्षहरु नारायण शर्मा, केशवराज ढकाल, र विष्णुबहादुर थापाले पोखरा जेसीजका नेतृत्वकर्ताहरु आज पोखराका विभिन्न क्षेत्रमा अग्रणी स्थानमा रहेको भन्दै जेसीजको सिद्धान्त अनुसरण गर्दै अघि बढ्न सुझाव दिए । उनीहरुले आगामी मंसीर १२ गते हुने पोखरा जेसीजको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह समेत गरे ।

नेपाल जेसीजको आगामी नेतृत्वमा पोखरा जेसीजले प्रस्तुत गरेका पूर्व अध्यक्ष रविन्द्र गुरुङले जेसीजलाई मन्दिरका रुपमा ग्रहण गरेर सदस्यहरुले सुसंस्कार र स्वच्छ भावनाले संस्थाको हितमा लाग्नुपर्ने बताए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका पोखरा जेसीज वर्ष २०१५ का अध्यक्ष छवि सुवेदीले पोखराको गौरवमय प्रस्तुति रविन्द्र गुरुङलाई जिताउनुको विकल्प नभएको भन्दै मिस पोखरालाई पनि भव्य रुपमा सम्पन्न गर्न आफ्ना भूमिका निर्वाह गर्न सदस्यहरुलाई सुझाव दिए ।

महासचिव शालिकराम गिरीले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रम संयोजकद्वय प्रकाश घिमिरे र दिक्षा शर्माले पनि बोलेका थिए । चारदशकदेखि क्रियाशील पोखरा जेसीज नेपाल जेसीज अन्तर्गत मुलुककै एक उत्कृष्ट शाखा हो । पोखरा जेसीजमा ४० वर्ष उमेर मुनिका पोखरामा रहेका विभिन्न क्षेत्रमा कार्यरत एक सय बढि स्वरोजगार युवाहरुको सहभागिता छ ।

कमेन्ट गर्नुहोस्
Share: