विग आईकनको ‘सपोर्टेड बाई’ टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क

Share:

विग न्यूज 

पोखरा, २४ कात्तिक | गायन रियालिटि शो विग आईकनको छैठौँ सँस्करणको ‘सपोर्टेड बाई’ टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क प्रालिले सहकार्य गर्ने भएको छ । मंगलबार विग एफएमका अध्यक्ष महेश भण्डारी र नेटवर्कका कार्यकारी निर्देशक उपेश भारीबीच ‘सपोर्टेड बाई’ टाईटलका लागि सहमती भएको हो ।

छैठौँ सँस्करणको विग आईकन नजिकिँदै गर्दा सपोर्टेड बाई टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्कसँग व्यवसायिक सहकार्य गर्न पाउँदा निकै खुशि लागेको विग एफएमका अध्यक्ष महेश भण्डारीले बताए । ‘यो सहकार्यले पक्कै पनि दुई संस्थाबीचको सम्बन्ध अझै प्रगाढ बनाउनेछ ।’ अध्यक्ष भण्डारीले भने–‘यो सहकार्य निकै प्रभावकारी हुनेमा हामी विश्वस्त छौँ ।’

एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क प्रालि भर्खरै मात्र पोखरामा संचालनमा आएको हो । सिद्धार्थचोकस्थित रुपाकोट कम्प्लेक्समा कार्यालय रहेको कम्पनीले यूके, अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड लगाएतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई परामर्श दिन्छ । त्यस्तै कम्पनीले विद्यार्थीहरुका लागि टोफल र आईएलटिएस लगाएतका तयारी कक्षा पनि संचालन गरेको छ ।

‘व्यवसाय शुरुवातकै समयमा विग आईकनसँग आबद्ध हुन पाउनु हाम्रो लागि गर्वको कुरा हो ।’ नेटवर्कका कार्यकारी निर्देशक भारीले भने–‘यो सहकार्यले हाम्रो कम्पनीको ब्राण्डिङ गर्न सघाऊ पुग्ने हामीले विश्वास लिएका छौँ ।’ साथै विग एफएमको अन्य ईभेन्टहरुमा पनि निरन्तर व्यवसायिक सहकार्य गर्न आफुहरु सकारात्मक रहेको उनले बताए ।

मंसिरको शुरुवातसँगै शुरु हुने छैठौँ सँस्करणको विग आईकनमा हालसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, टेलिभिजन पार्टनरमा एभिन्यूज टेलिभिजन, होटल पार्टनरमा होटल बाराहि, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाईन पार्टनरमा जक्शन डटकम, म्यागेजिन पार्टनरमा ‘यस’ म्यागेजिन र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् । छैठौँ विग आईकनमा सहभागिताको लागि यतिबेला एफएमले निशुल्क रुपमा आवेदन फाराम वितरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: