
काठमाडौं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्चचापीय प्रणालीको प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको र ती भू-भागलगायत बाँकी भू-भागहरूमा तुँवालो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानहरूमा आज दिउँसो हुस्सु रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ।
महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कमेन्ट गर्नुहोस्
