कहाँ-कहाँ सुरु हुँदैछ आज रातिबाटै मतगणना ?

220
0
Share:

काठमाडौं । मतदान सकिएपछि निर्वाचन आयोगमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक प्रमु्ख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताएका हुन् । भण्डारीले भने, ‘अब छिटोभन्दा छिटो मतपेटिका संकलन गरेर परिणाम सार्वजनिक गर्छौँ ।’

कैलाली, भक्तपुर र झापामा पनि आज रातिदेखि मतगणना सुरु हुँदैछ । निर्वाचन अधिकृतको कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका संकलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिए ।

उनले राति १२ बजेदेखि मतगणता सुरु हुने जानकारी दिए । १५ जिल्लाको मतपेटिका ढुवानी हेलिकोप्टरबाट हुने जानकारी उनले दिए । हिमाली जिल्लाका मतपेटिका शुक्रबार बिहानसम्ममा संकलन गर्ने तयारी भएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: