कालिकोटमा महेन्द्र शाही विजयी, नेकपाको दोस्रो जित

236
0
Share:

काठमाडौं । कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा महेन्द्रबहादुर शाही विजयी भएका छन्। उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ११ हजार ३३० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार नागेन्द्र शाहीले १० हजार २२२ मत प्राप्त गरेका छन् ।

यससँगै महेन्द्रबहादुर शाहीले नागेन्द्र शाहीलाई १ हजार १०८ मतको अन्तरले पराजित गर्दै कालिकोटबाट प्रतिनिधिसभामा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: