
काठमाडौं । गुल्मीको क्षेत्र नम्बर १ मा एमाले र कांग्रेसका ठूला प्रभावशाली नेताहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
ढकालले १४ हजार ४६१ मतान्तरले एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरे । ढकाल २९ हजार ६४२ मत ल्याएर विजयी हुँदा एमालेका ज्ञवालीले १५ हजार १८१ मत मात्र प्राप्त गरे ।
यस्तै, कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ५०५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुदर्शन बरालले ३ हजार १६७ मत मात्र ल्याउन सके । विगतका निर्वाचनमा यो क्षेत्रमा भण्डारी र ज्ञवालीबीच प्रतिस्पर्धा हुँदै आएको थियो ।
२०७९ सालको निर्वाचनमा यहाँ भण्डारी विजयी भएका थिए । भने ढकाल डडेल्धुरामा शेरबहादुर देउवासँग चुनाव लडेर पराजित भएका थिए ।
