इराकको राजधानी बगदादमा अमेरिकी मिसाइल आक्रमण, हेलिप्याड क्षेत्रमा विस्फोटपछि धुवाँको मुस्लो

133
0
Share:

काठमाडौं । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल आक्रमण भएको खबर सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानबाट प्रहार गरिएको भनिएको मिसाइल दूतावास परिसरभित्र खसेपछि त्यहाँ ठूलो धुवाँ उडेको देखिएको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार मिसाइल दूतावासको भवन नजिक ठोक्किएपछि आकाशमा धुवाँको मुस्लो देखिएको थियो। तर, उक्त आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

समाचार एजेन्सी एपीका अनुसार मिसाइल अमेरिकी दूतावास परिसरभित्र रहेको हेलिप्याड-जहाँ हेलिकप्टर अवतरण गरिन्छ-त्यही क्षेत्रमा खसेको बताइएको छ। घटनापछि दूतावास क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ।

यसैबीच, एएफपीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै दूतावासलाई लक्षित गरेर ड्रोन आक्रमण पनि भएको हुन सक्ने जनाएको छ। अल जजिराका अनुसार शनिबार बिहान सबेरै आक्रमणको खबर सार्वजनिक भएसँगै बगदादको ‘ग्रीन जोन’ क्षेत्रमा रहेको अमेरिकी दूतावास वरिपरि धुवाँ उडिरहेको देखिएको थियो।

घटनाबारे अमेरिकी वा इरानी पक्षबाट आधिकारिक प्रतिक्रिया भने तत्काल प्राप्त भएको छैन। आक्रमणको वास्तविक प्रकृति र क्षतिको विवरणबारे थप जानकारी आउने क्रम जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: