कस्तो छ आज देशभरको मौसम ?

135
0
Share:

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशका पहाडी र हिमाली भू-भागलगायत सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: