कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, गगनको राजीनामालगायत विषयमा छलफल हुने

238
0
Share:

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा निर्वाचन र त्यसमा पार्टीले ल्याएको नतिजा तथा सभापति गगनकुमार थापाको राजीनामाको विषयमा छलफल र निर्णय हुने जनाइएको छ । निर्वाचनमा पार्टी र आफूले ब्यहोरेको हारको जिम्मेवारी लिँदै थापाले सभापति पदबाट राजीनामा दिएका थिए । यद्यपि, उक्त राजीनामा स्वीकृतिबारे आजको बैठकले निर्णय गर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: