‘बाँच्न र पढ्न देऊ’ भन्दै चक्रपथमा विद्यार्थीहरूको मानव साङ्लो

241
0
Share:

काठमाडौ, ११ मंसिर/  विद्यार्थीको पढ्न पाउने अधिकार खोसिएको भन्दै आज विद्यार्थीहरूले चक्रपथ घेरेका छन् । विद्यार्थीहरूले भारतले गरेको अघोषित नाकाबन्दी र तराई आन्दोलनका कारण आफूहरूले पढ्न नपाएको भन्दै चक्रपथमा मानव साङ्गो प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले ‘बाँच्न र पढ्न देऊ’ भन्ने मुख्य नाराका साथ आज बिहान विभिन्न नारा लेखिएका प्लेकार्डसहित चक्रपथमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन् । बिहान ११ बजेदेखि कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, बालाजु, स्वयम्भुलगायतका स्थानमा विद्यार्थीहरुले मानव साङ्लो बनाएका हुन् । लगातारको आन्दोलन र नाकाबन्दीले बालअधिकार हनन् भएको भन्दै प्लेकार्डसहित विद्यार्थीहरु सडकमा उत्रिएका छन्।

विद्यार्थीहरूको उक्त मानव साङ्लो शान्तिपूर्ण रहेक थियो । उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय सङ्गठन(प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सान), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल(हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घलगायतका सङ्घसंस्थाको सहभागितामा गरिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: