
पोखरा । त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा उल्लेखनीय सहभागितासँगै ६४ प्वाइन्ट रगत संकलन भएको छ। पोखरा महानगरपालिका वडा नं. २७स्थित कलेज परिसरमा सम्पन्न कार्यक्रममा वडाध्यक्षले पहिलो रक्तदाता, सरजंग राणा ९३८ औं पटक रक्तदान०लाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै वडाध्यक्षले पहिलो पटक रक्तदान गर्नेहरूलाई हौसला दिन सचेतनामूलक अभियान आवश्यक रहेको बताए। साथै, दुर्लभ रक्त समूहका दाताहरूको अभिलेख राखेर आपतकालीन अवस्थामा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।
कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष बिबेक केसी, स्वतन्त्र विद्यार्थी मञ्चका अध्यक्ष असिम पाण्डे, कलेज सल्लाहकार छत्रधर आत्रेय, सञ्चालक शान्ति खनाल, तथा रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीलगायतले रक्तदानको महत्वबारे धारणा राखेका थिए।
कार्यक्रममा व्यवस्थापन विषय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

