रवि लामिछानेलाई कास्की अदालतको तारेख उपस्थितिबाट छुट

Share:

पोखरा । रवि लामिछाने अब जिल्ला अदालत कास्कीमा नियमित रूपमा तारेख लिन व्यक्तिगत रूपमा उपस्थित हुन नपर्ने भएका छन्। उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले मागबमोजिम अनुमति प्रदान गरेको हो।

श्यामप्रसाद श्रेष्ठ को इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो। यसअघि लामिछानेले हरेक महिनामा कम्तीमा एकपटक अदालतमा उपस्थित हुनुपर्ने व्यवस्था थियो।

लामिछाने अन्तिमपटक माघ २९ गते तारेखका लागि अदालत पुगेका थिए। त्यसअघि पनि चुनावी गतिविधिका बीच उनी अदालतमा उपस्थित हुँदै आएका थिए। अब भने अदालतको अनुमति अनुसार उनी नियमित रूपमा उपस्थित हुन नपर्नेछ, तर आवश्यक परे अदालतले जुनसुकै बेला उपस्थित हुन बोलाउन सक्नेछ।

लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: