प्रधानमन्त्री सुशीला कार्कीद्वारा राष्ट्रका नाममा सम्बोधन: ‘जेनजी’को आकांक्षा पूरा गर्ने नयाँ सरकारको संकल्प

Share:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।

सम्बोधनका क्रममा उनले निर्वाचन मार्फत परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको बताइन् । वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई गलत साबित गरिदिएको बताइन् ।

युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षा बमोजिम सुशासन,रोजगारी सिर्जना, भ्रष्टाचारको अन्त्य,आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी काम गर्ने विश्वास लिएको बताइन्।

 

 

कमेन्ट गर्नुहोस्
Share: