रास्वपा सरकार: आशा, चुनौती र जिम्मेवारीको अग्निपरीक्षा

Share:

मैले निर्वाचन अगावै सामाजिक सन्जालमा लेखेको थिएँ – ‘रुख होइन झुट हो, बा होइन बालेन हो, सूर्य होइन रवि हो।’ निर्वाचन परिणमले करिव करिव सत्य सावित गरायो।

पछिल्ला समाचार अनुसार रास्वपाले सरकार चलाउने क्रममा राप्रपा, श्रम संस्कृति पार्टीसँग सहयोग लिएर अगाडि बढ्न सकिने कुरा आयो।

बालेन र रवि लामिछाने दुवै जनाले पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग सरकार चलाउने विषयमा छलफल भएको भन्ने कुरा सार्वजनिक भएका छन्। उहाँसँग छलफल गर्नै हुँदैन भन्न खोजेको होइन। तर, यसमा पार्टीले सोच्नुपर्छ भन्ने मेरो बुझाइ हो। किनभने अस्थिर सरकार बनाउने खेलमा उहाँ अब्बल हुनुहुन्छ। यो विषयमा सचेत हुन जरूरी छ।
कास्की जिल्लाका ३ वटै निर्वाचन क्षेत्रबाट क्लिन स्विप गरेर किर्तिमान राखेका माननीयहरूमा सम्मान जनक नमस्कार जय घण्टी।

घनिष्टता र धनिष्टताका आड र बलमा कुनै पनि निर्वाचनमा टिकट ल्याउने परम्परा रास्वपामा कायम रहे भविष्यमा घातक हुने छ। जुन सत्य हामीले सहर्ष स्विकार्नु पर्दछ। पार्टीको पारदर्शीतालाई स्विकार्य हुनेछ।
मैले जोड्न खोजेको तथ्य के हो भने यो उहाँहरूको त्रिपक्षीय कुराकानीको विषयवस्तु पनि कास्कीका जनताले बुझ्न पाउनुपर्छ। पार्टीभित्रका आन्तरिक वार्तालाप, छलफलका विषयहरूमा न्यायीक मनको प्रयोग गरि निष्कर्ष आओस् भन्ने मेरो अपेक्षा हो।
अझ भविष्यमा कास्कीका तीन जना माननीयहरूमध्ये उत्तम पौडेललाई व्यवस्थापकिय भूमिकामा, गनेस पौडेललाई कार्यपालिकीय भूमिकामा र बिना गुरुङलाई न्यायपालिकीय भूमिकामा देखिनु हुनेछ भन्ने मेरो व्यक्तिगत अपेक्षा हो।

मलाई विश्वास छ, मेरो आशा र अपेक्षा निराशामा बदलिने छैन। यहाँहरूको बोली र व्यवहारले हामी रास्वपा कास्की परिवारले नवजीवन पाउने अपेक्षा राख्दछौँ। आउँदा दिनहरूमा ‘थेओरी अफ पावर सेपरेसन’ अर्थात् शक्ति पृथकीकरणको सिद्धान्तको अभ्यास हुनेछ भन्ने पनि अपेक्षा हो।

उहाँहरूलाई मेरा केही सुझावहरू छन्।
दुईतिहाई को घमन्ड गर्ने बालेन सरकार नबनोस् भन्ने कुराको संकेत विजय भएपछिको सम्बोधनमा प्रचण्डले ‘रास्वपालाई पनि मैले नै सघाउनु पर्ने भयो‘ भनेर भन्नुभएको छ। रास्वपा सरकारले दम्भ देखाउने हतियारको रुपमा तारा पार्टीको सहयोग नलिओस्। मेरो कामना हो।

दुईतिहाईद्वारा पारित गर्ने नियमकानुनहरू स्वतन्त्र रुपमा संसदमा पेश हुनेछन्। यो देशका साझा समस्या र त्यसको समाधानको लागि संसदमा पेश भएका विधेयकहरू देशको हित चाहाने अन्य जुनसुकै दलबाट निर्वाचित भएर आएका सांसदहरूले सहयोग गर्ने नै छन्। अपवादको रुपमा प्रतिपक्षले सहयोग नगरेर कुनै फरक पर्ने छैन।

ओली र देउवा सरकारको जस्तै दम्भ र स्वच्छाचारीता लाद्ने काम रास्वपा सरकरबाट अपेक्षा कम्तीमा हामीले गर्नु हुँदैन। स्पस्ट दुईतिहाई जनताले नदिएका कारण चिट चोरेर तारा पार्टीको सहयोगको अपेक्षा नराखीकन अहिले बहुमतको लोकप्रिय र सफल सरकार चलाउने र आउँदो निर्वाचनमा दुईतिहाईको माग लिएर २०८७ सालको आम निर्वाचनमा जानुपर्छ।

बाँकी जिम्मा रास्वपाका नवनिर्वाचित सांसदहरूको नै हो। ५ वर्षे रास्वपा सरकारमात्र होइन २५ वर्षे रास्वपा सरकार बन्ने संकल्प र दिर्घकालिन योजना मुताबिक काम गर्नु आजको आवश्यकता हो। यसरी अगाडि बढेको खण्डमा सोविता गौतमजस्ता महिला नेतृहरूले समेत यो देशको प्रथम जननिर्वाचित महिला प्रधानमन्त्री बन्ने पालो पाउनेछन्।

रास्वपा सरकार रास्वपा परिवारको मात्र भाग्य विधाता बन्नुभन्दा पनि नेपाल र नेपालीको भाग्य विधाता बन्न सकोस् सरकारलाई अग्रीम शुभकामना छ।
साथै देशमा ३५ वर्ष शासन चलाउने शासक हुन वा निजामती सेवामा रहेर वा आर्मी पुलिस फोर्समा बसेर वा घरजग्गा व्यापारिका रुपमा कमाएर थुपारेका (स्रोत नखुलेका) अकुत सम्पत्ति लाई राष्ट्रियकरण गर्नुपर्दछ। साथै सहकारी पीडितलाई न्याय दिन पनि सरकार लाग्नुपर्नेछ।

सभापति रवि लामिछानेले भने जस्तै फोहोर सफा गर्ने जिम्मा जनताबाट पार्टीले पाएको छ। रास्वपा सरकार सफल हुनु भनेको देश र जनता सफल हुनु हो। परिक्षा दिन कापी, कलम र प्रश्नपत्र पार्टीको हातमा आएको छ। सभापति र पार्टीले परिक्षा राम्रो सँग दिनुहोला। यो परिक्षा भनेको सामान्य नभइ रास्वपाका लागि अग्निपरीक्षाको रुपमा रहनेछ।

रास्वपाको मन्त्रीमन्डल गठन भइसकेको छ। २५ जनाको मन्त्रीमण्डललाई घटाउने काम भएको छ। यो स्वागतयोग्य रहेको छ।मन्त्री मण्डलमा पर्नुभएका व्यक्तिहरूले देशको हितमा काम गर्नुहुनेछ भन्ने आशावादी छु।

नवनिर्वाचित र मनोनित सम्पुर्ण १८२ जना सांसदहरूलाई बधाई तथथा शुभकामना। कार्यकाल सफल होस। जय देश जय घण्टी।

(पुनश्च: यी लेखकका नीजि विचार हुन्। )

कमेन्ट गर्नुहोस्
Share: