एमाले संसदीय दलको नेतामा रामबहादुर थापा

Share:

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन् । बुधबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रुपमा नेता छान्ने निर्णय गरेको हो ।

एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा भीष्म अधिकारीले बैठकको निर्णयबारे जानकारी दिए । उनले बैठक भर्खरै सम्पन्न भएको र थापालाई दलको नेता बनाउने निर्णय सर्वसम्मतिले भएको बताए । अधिकारीले भने, ‘बैठक भर्खर सकियो । संसदीय दलको नेतामा रामबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।’

दलको नयाँ नेतृत्व चयन गर्नका लागि एमालेका सांसदहरु केन्द्रीय कार्यालयमा जुटेका थिए । सोही छलफलले थापालाई जिम्मेवारी दिने निष्कर्ष निकालेको हो । मुख्य सचिव अधिकारीका अनुसार बैठकमा नेताहरुबीचको समझदारीबाटै थापाको नाम तय गरिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: