गुरुङ लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको अध्यक्षमा लामा गुप्ती गुरुङ

Share:

पोखरा । गुरुङ (तमू) लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको अध्यक्षमा लामा गुप्ती गुरुङ सर्वसम्मत चयन भएका छन् । पोखरा-१८ स्थित पाल ङाघ्युर साङङ छ्योलिङ गुम्बामा आइतबार भएको गुरुङ (तमू) लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको प्रथम अधिवेशनबाट लामा गुप्ती गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा लामा प्रेमकाजी गुरुङ, उपाध्यक्षमा लामा अशोक गुरुङ, महासचिवमा लामा सन्तोष गुरुङ, सचिवमा लामा मिलन गुरुङ, कोषाध्यक्षमा लामा शेरब गुरुङ र सहकोषाध्यक्षमा लामा अमृत गुरुङ चयन भए ।

सदस्यमा लामा बुद्ध गुरुङ, लामा लक्ष्यमान गुरुङ, लामा समिर गुरुङ, लामा शंकर गुरुङ र प्रचारप्रसार संयोजकमा लामा डम्मर गुरुङ चयन भए ।

यस्तै, सल्लाहकारमा लामा गोपाल गुरुङ, लामा जनता गुरुङ, लामा चन्द्रबहादुर गुरुङ, लामा हित गुरुङ, लामा भीम गुरुङ, लामा कर्म गुरुङ र लामा खुसीमान गुरुङ चयन गरेको निर्वाचन संयोजक खेन्पो शिर लामा गुरुङले जानकारी दिए ।

अधिवेशनको उद्घाटनपछि बोल्दै गुरुङ (तमू) लामा बौद्ध धर्म समाजका केन्द्रीय अध्यक्ष खेन्पो शिर लामा गुरुङले गुरुङ लामालाई एक बनाउन विभिन्न कार्यका लागि सहजताका लागि समिति चयन गरेको बताए ।

नवनिर्वाचित अध्यक्ष लामा गुप्ती गुरुङले बुद्ध धर्म र लामा अध्ययनका लागि सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्
Share: