
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त कृषि ,भुमी व्यवस्था तथा सहकारीमन्त्री भिम बहादुर कार्कीले पदभार ग्रहण गर्दै गण्डकी प्रदेशमा एघार जिल्लाका विभिन्न कृशकहरूलाइ पुरस्कृत गर्ने पहिलो निर्णय गरेका छन् ।
बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री परिषद पुनर्गठन गरे लगत्तै सपथ पस्चात मन्त्रालय पुगेर मन्त्री कार्कीले उक्त निर्णय गरेका हुन् । सो अवसरमा मन्त्री कार्कीले आफुले सबैका सुझाव समेटेर कार्य योजना निर्माण गर्ने र सोही मुताबिकका नीति तथा कार्यक्रम तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।
गण्डकी प्रदेशको कृषि क्षेत्रलाइ थप सबलिकरण सहित जनताको आय आर्जनलाई मजबुत बनाउनुछ। कृषिमा थप व्यवसायिकता र आधुनिकीकरण मार्फत जनजिबिकालाई मजबुत बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने भन्दै उनले अव्यवस्थित भुमिहिनहरूका समस्या समाधान गर्न प्रदेश सरकार मजबुत र प्रभावकारी योजनासहित अघि बढ्ने उल्लेख गरे ।
सहकारी क्षेत्र थप व्यवस्थित र मर्यादित बनाउने आफ्नो संकल्प भएको भन्दै कृषि ,भुमी र सहकारी क्षेत्र आम जनताको जनजिबिकाको मुख्य आधार बनाउनेतर्फ सबैको ध्यान केन्द्रित गर्ने उल्लेख गरे ।
पदस्थापना कार्यक्रम केवल औपचारिकता मात्रै होइन यसले कृषकहरूलाइ पुरस्कृत गर्ने सुखद शुरुवात गरेको भन्दै बिगतका योजना र नीतिलाई थप सबलिकरण सहित कार्यान्वयनको निरन्तरता रहने उल्लेख गरे ।
मन्त्रालयका निमित्त सचिव बालकृष्ण अधिकारी सहितका कर्मचारीहरूले मन्त्री कार्किलाइ स्वागत गरेका थिए ।
पदस्थापन अघि मन्त्री कार्की सहित एमालेको तर्फ नियुक्त मन्त्रीहरूले पोखरा ७ स्थित पुष्पलाल पार्क र झपिन्द्र पार्कमा पुष्पलाल र सहिदको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
