
पोखरा । रौतहट कारागारबाट फरार भएका एक जना जन्मकैदको सजाय सुनाइएका प्रतिवादीलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा रौतहटको डुमरिया गाउँपालिका वडा नं. १० घर भएका ३० वर्षीय केदार परियार (केदार दमै) रहेका छन्। उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले बिहीबार (बैशाख २ गते) पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो।
हाडनाता जबरजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियार रौतहट कारागारमा सजाय भुक्तान गरिरहेका थिए। तर, २०८२ भदौ २४ गतेको ‘जेन्जी आन्दोलन’का क्रममा उनी कारागारबाट भाग्न सफल भएका थिए।
प्रहरीका अनुसार परियारले अझै १८ वर्ष ४ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको खुलेको छ। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय कास्कीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्की ले जानकारी दिएको छ।
