नेपाल पत्रकार महासंघ कास्कीको १८ औँ साधारण सभा जेठ ९ गते हुने

Share:

पोखरा। नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो १८ औँ साधारण सभा आगामी जेठ ९ गते गर्ने निर्णय गरेको छ। आइतबार बसेको महासंघ कास्कीको बैठकले साधारण सभाको मिति तय गर्दै तयारीलाई तीव्र पार्ने निर्णय गरेको हो।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको परिपत्र र निर्देशन अनुसार कास्की शाखाले साधारण सभाको मिति तोकेको अध्यक्ष माधव बरालले जानकारी दिए।

गत चैत २८ र २९ गते मकवानपुरको हेटौँडामा सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्रीय पूर्ण बैठकले देशभरका सबै शाखाहरूलाई वैशाख १० देखि जेठ १० गतेभित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएको थियो। सोही समयावधिभित्रै पर्ने गरी कास्कीले जेठ ९ गतेका लागि मिति निश्चित गरेको हो।

महासंघको विधान अनुसार हरेक डेढ वर्षमा साधारण सभा गर्नुपर्ने प्रावधान रहेको छ। यस साधारण सभाले शाखाको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी कार्यदिशाबारे छलफल गर्ने बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: