
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका-११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका-१ शनिबारेबाट दुई, सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट तीन, धरान उपमहानगरपालिका-११ बाट एक र मध्यपुरथिमि नगरपालिका-१ मनोहराबाट दुई जनालई पक्राउ गरिएको हो ।
उनीहरुमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नगद लागूऔषध जोख्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ ।
यसैगरी, कोहलपुर नगरपालिका-१० चडिण्डका टोलबाट एक, पोखरा महानगरपालिका-२५ याम्दीबाट एक र सिम्रौगढ नगरपालिका-३ भट्टीवैरियाबाट दुई, नेपालगन्ज उपमहानगरपालिका-१३ लालापुरबाट एक जनालाई पक्राउ गरेको हो । उनीहरु बुधबार पक्राउ परेका हुन् ।
