
पोखरा । कास्कीको पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेका एक बालकको सशस्त्र प्रहरीले उद्धार गरेको छ। शुक्रबार करिब ११:१५ बजे १० वर्षीय आरेस लामा तालमा डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीबाट उद्धार टोली खटिएको थियो।
सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमाण्डमा गोताखोरसहित सात जनाको टोली घटनास्थलमा पुगेर खोजी गर्दा करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो।
उद्धारपछि उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पताल, पोखरा-१० रामघाट लगिएको थियो। तर उपचारकै क्रममा दिउँसो १२:१५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्। कास्कीको पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेका एक बालकको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
बिहान करिब ११:१५ बजे १० वर्षीय आरेस लामा तालमा डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीबाट उद्धार टोली खटिएको थियो।
सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमाण्डमा गोताखोरसहित सात जनाको टोली घटनास्थलमा पुगेर खोजी गर्दा करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो।
उद्धारपछि उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पताल, पोखरा–१० रामघाट लगिएको थियो। तर उपचारकै क्रममा दिउँसो १२:१५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।
