खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन

126
0
Share:

काठमाडौं । निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेसँगै उक्त ट्रेड युनियन खारेज भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले
जनाएको छ ।

ट्रेड युनियन खारेजीले सार्वजनिक प्रशासनको शुद्धीकरण गर्ने मन्त्रालयको भनाइ छ। ट्रेड युनियन खारेजीले कोही पनि विचलित हुन नपर्ने पनि मन्त्रालयले बताएको छ । निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था थियो।

कार्यालय प्रमुख भई काम गर्ने राजपत्रांकित कर्मचारीबाहेक तृतीय श्रेणी वा त्योभन्दा मुनिका कार्मचारी ट्रेड युनियनमा सदस्य बन्न पाउने कानुनी व्यवस्था थियो।

केही नेपाल ऐन संशोधन अध्यादेशमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियन खारेजीको प्रस्ताव अघि बढाएको थियो।

कमेन्ट गर्नुहोस्
Share: