पोखरामा जुवातास खेलिरहेका ९ जना पक्राउ

Share:

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा-१७, रामदर्शन टोलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

आइतबार साँझ करिब ६:०० बजेको समयमा छापा मार्दा जुवाको खालबाट नगद ५९ हजार ५ रुपैयाँ र २१२ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५ दिनको म्याद थप गरी उनीहरूमाथि आवश्यक कानूनी प्रक्रिया र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: