८ विश्वविद्यालयकाे उपकुलपतिका लागि २१८ जनाकाे आवेदन, पोखरामा ३८ जना

Share:

काठमाडौं । सरकारले विभिन्न ८ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि खुलाएको विज्ञापनमा कुल २१८ जनाले आवेदन दिएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक सूचनामार्फत् योग्य र इच्छुक व्यक्तिहरूबाट आवेदन मागेको हो ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी आवेदन त्रिभुवन विश्वविद्यालयमा परेको छ । त्रिविकाे उपकुलपति पदका लागि ५० जनाले आवेदन दिएका छन् ।

सबैभन्दा कम आवेदन भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा परेको छ । साे विश्वविद्यालयमा ११ जनाले मात्रै उपकुलपति बन्न आवेदन दिएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भने १५ जनाले मात्रै उपकुलपति बन्न आवेदन दिएका छन् ।

‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार मिति २०८३/०१/२५ मा प्रकाशित सूचनापछि अनलाइन माध्यमबाट विश्वविद्यालयका उपकुलपति पदका लागि कुल २१८ आवेदन प्राप्त भएका छन्,’ सूचनामा भनिएकाे छ ।

कमेन्ट गर्नुहोस्
Share: