रिलायन्स फाइनान्सद्वारा पोखरामा रक्तदान कार्यक्रम, ६३ युनिट रगत संकलन

Share:

पोखरा । रिलायन्स फाइनान्सले, पोखरा शाखामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व
अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

समुदायप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै फाइनान्सले “रक्तदान-जीवनदान“ भन्ने पवित्र भावनाका साथ उक्त कार्यक्रम संचालन गरेको हो ।

सो कार्यक्रम नेपाल स्वयंसेवी रक्तदानदाता समाज कास्कीको सहकार्य र नेपाल रेडक्स सोसाईटी प्रादेशीक रक्तसंचार सेवा पोखराको प्राविधक सहयोगमा सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरू, रक्तदाताहरूको बाक्लो सहभागिता रहेको थियो जसमा ६३ जना रक्तदाताहरूले रक्तदान गरी जीवन बचाउने यस मानवीय कार्यमा योगदान पु¥याएका छन् ।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले आगामी दिनहरूमा पनि समाजको हितका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता परोपकारी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: