स्कटल्याण्डविरुद्ध मोरक्को विजयी

Share:

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ ।

शनिबार बिहान बोस्टन स्टेडियममा भएको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई १-० गोलले हराउँदै मोरक्को विजयी भएको हो ।

मोरक्कोका लागि इस्माइल साईबारीले एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा इस्माइलले गरेको गोल नै मोरक्कोको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै मोरक्को दुई खेलबाट ४ अंकसहित समूह सी को शीर्षस्थानमा रहेको छ ।

पहिलो खेलमा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो भने स्कटल्याण्डले हाइटीलाई हराएको थियो ।

यसै समूहमा रहेका ब्राजिल र हाइटीबीचको खेल शनिबार आज चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: