साउन ४ देखि ६ गतेसम्म बीपी स्मृति दिवसका कार्यक्रम गर्ने कांग्रेस कास्कीको निर्णय

Share:

पोखरा । नेपाली कांग्रेस कास्कीले ४४ औं बीपी स्मृति दिवसका अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।

नेपाली कांग्रेस कास्कीको शुक्रबार बसेको बैठकले तीन दिनसम्म विविध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

साउन ४, ५ र ६ गते विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता, नीति निर्माण र सरसफाईसँग सम्वन्धित कार्यक्रम गरिने भएको छ ।

वक्तृत्वकला प्रतियोगिताका लागि युवराज कुँवर संयोजक र सदस्य भानु ढकाल, नवीन सिग्देल रहेको समिति गठन गरिएको छ ।

नीति निर्माण सम्वन्धि कार्यक्रमका लागि माईकल कर्माचार्य संयोजक र सदस्य बाबुराम गिरी, विकास थापा रहेको समिति गठन गरिएको छ ।

सरसफाई कार्यक्रमका लागि सुरेन्द्र अधिकारी संयोजक र सदस्य धनमाया गुरुङ, ई. सागर मोहन भट्टराई रहेको समिति गठन गरिएको छ ।

बैठकले प्रजातन्त्र सेनानी नेत्रपाणी न्यौपाने, युवा नेता राजीव बास्तोला, रेशम बहादुर थापा र पोखरा महानगरपालिका वडा नं ३० वडा कार्यालयका सदस्य विनोद लामिछानेको आमाको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठक कास्की कांग्रेसका सभापति किशोर दत्त बरालको अध्यक्षतामा बसेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: