भारतको ज्यादती कायमै, ५२ जना नेपाली भारतिय प्रहरीको कब्जामा

225
0
Share:

सुनसरी, मंसिर २२ ।
सुनसरीको भन्टाबारी नाका हुँदै भारतको पटना हिँडेका ५२ जना नेपालीलाई मंगलबार भारतको सुपौल जिल्लास्थित वीरपुरबाट भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ३३ जना पुरुष र १९ जना महिला रहेको सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयराज शर्माले जानकारी दिए । पक्राउ परेकाहरु उदयपुर, सप्तरी र रामेछापका रहेका छन् । अवैधानिकरुपमा ठूलो संख्यामा महिला र पुरुष भारत प्रवेश गरेको भन्दै उनीहरुलाई एसएसबीले नियन्त्रणमा लिएको बताइएको छ ।

एसएसबीले नेपालीलाई नियन्त्रणमा लिएपछि सुनसरीस्थित सशस्त्रको सीमा सुरक्षा कार्यालयलाई खबर गरेको हो । पक्राउ परेका सबैलाई नेपाल ल्याएर परिवारको जिम्मा लगाउने एसपी शर्माले बताएका छन् ।
भरतमा नेपाली पक्राउ परेको कारणबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: