पानामालाई पराजित गर्दै क्रोएसिया विजयी

Share:

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा क्रोएसियाले पानामाविरुद्ध १-० को जित निकालेको छ।

टोरन्टो रंगशालामा भएको समूह ‘एल’ अन्तर्गतको यो जितसँगै क्रोएसियाले ३ अंक जोडेको छ।

क्रोएसियाका लागि दोस्रो हाफको ५४ औँ मिनेटमा स्ट्राइकर एन्टे बुडिमिरले गोल गरे।

बुडिमिरले गरेको सोही गोल खेलमा निर्णायक बन्यो।

कमेन्ट गर्नुहोस्
Share: