
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकको जलविरेमा दुई बस आपसमा ठक्कर खाएपछि सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
यसअघि भारी वर्षाका कारण जोखिम हुन सक्ने भन्दै उक्त सडक बेलुका १०:०० बजेदेखि सवारी आवतजावतमा रोक लगाइएकोमा आइतबार बिहानदेखि आवतजावत सुचारु भएको थियो ।
तर, जलविरेमा दुई बस ठोक्किएपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
