पोखरामा ५ किलो ४५० ग्राम गाँजासहित महिला पक्राउ

Share:

पोखरा । कास्की प्रहरीले ५ किलो ४५० ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार बिहान करिब ४:५५ बजे पोखरा महानगरपालिका-३२ मझुवा, पृथ्वीराजमार्ग सडकखण्डमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा गरिएको सवारी जाँचका क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र अस्थायी प्रहरी पोस्ट मझुवाको संयुक्त टोलीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.प्र. ०१-००१ प ००२४ नम्बरको बसमा चेकजाँच गर्दा मकवानपुरको थाहा नगरपालिका-८ निवासी ३२ वर्षीया ज्योती श्रेष्ठ पुरीको साथबाट ५ किलो ४५० ग्राम गाँजा र एक थान मोबाइल फोन फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी पुरीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छु

कमेन्ट गर्नुहोस्
Share: